यही गतिमा स्वदेश फर्काउने हो भने ६ महिनापछि पालो आउला जस्तो छ

 असार १४, २०७७ आइतबार ११:५५:४१ | मेरो कथा मेरो भोगाई

बीरबल खड्का/नेपाल, हाल कतार

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले हामी परदेशमा रहेका नेपाली पनि प्रभावित भएका छौं । अझ यसको असर मध्यपूर्वका देशमा कार्यरत हामीलाई धेरै परेको छ । 

अहिले विदेशमा कार्यरत नेपाली कुनै न कुनै रुपमा अनेकन समस्यासँग जुधिरहेका छौं । धेरै जनाले रोजगारी गुमाएका छौं । कतिपयको कम्पनी नै बन्द भएको छ । अलपत्र परेका छौं । दिन बित्दै जाँदा समस्यामा पर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । काम चलिरहेका कम्पनीले पनि कामदार तथा कर्मचारी कटौती गरेका छन् । 

विदेशमा साँच्चैभन्दा कोरोना सुरु भएपछि समस्या माथि समस्या थुप्रंदै गएको छ । पीडा, भोक, रोग र शोकमा परेका हामी महिनौंदेखिको लकडाउनमा फसेका छौं । कतिपय त आफैं टिकट काटेर घर फर्किंएका छन् भने कतिपयको त जान सक्ने वस्था छैन । त्यसमाथि सामान्य भन्दा दुई गुणा बढी महंगो टिकट कसरी काट्नु रु अलिकति पैसा हुने अप्ठ्यारोमा परेका टिकट काट्न सक्ने, कम्पनीले दिने टिकट भएकाहरूको दूतावासको गेटसम्म पुग्दा पनि दूतावासले उत्तिकै समस्या भएका हजारौंको भिडमा थोरैको मात्र नाम लिकालेको  छ । 

त्यसैमाथि एकपटक निर्धारण गरिसकेको जहाज उडानको तालिका छिन छिनमा परिवर्तन गरिरहन्छ । यो विषयमा न त कसैले किन यस्तो भएको भनेर प्रश्न नै गर्छ, न त दूतावास आफैंले यस्तो गर्न छाड्छ र सजिलो उपाय अपनाउन नै सक्छ । 

सरकार तथा दूतावासको यस्तो अपरिपक्व व्यवस्थापनको सिकार हामी सोझा नागिरकले कहिलेसम्म सहनुपर्ने हो  ? हरियो पासपोर्ट बोकेर दूतावास कति धाइरहने ? यदि यस्तै गतिले स्वदेश लैजाने हो भने ६ महिनामा पालो आउला जस्तो लाग्छ ।

यस्तो कष्टकर अवस्था र तीतो यथार्थलाई सम्बन्धित निकाय र सरकारले नबुझ्दा हामीहरुलाई राज्यविहीनताको महसुस हुन्छ । त्यही भएर त कति डिप्रेशनको शिकार भएका छन् । आत्महत्याको बाटो अंगाल्न बाध्य भएका छन् ।

हाम्रा पीर–मर्का सम्बन्धित निकायले नसुनिदिएपछि सामाजिक सञ्जालमा रोइकराइ गर्नुको विकल्प नै रहेन । अब त आशा–भरोसाको सीमा नाघ्न लाग्यो ।

हे सरकार, नेपाल हाम्रो रेमिट्यान्सको योगदानलाई नभुलिदिनुहोस् ।

 

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • Surya bahadur chhetri

    July 3, 2020, 1:31 p.m.

    सरकार ल के गर्न लागेको हो , हामी नेपालीको बिजोग छ बिदेशमा ..केहि त गर्नुपर्यो सरकार ....

  •  0 Reply

तपाईको प्रतिक्रिया