सुदूरपश्चिम : थप १९५ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २३ सय नाघ्यो

 असार १४, २०७७ आइतबार २१:३९:३५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा आइतबार एक सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । 

धनगढी प्रादेशिक प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा आज एक सय ९५ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय नाै पुगेको छ । आज थपिएकासहित सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीका ६ सय एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै डोटीका चार सय १०, बाजुराका तीन सय १६, कञ्चनपुरका तीन सय, डडेल्धुराका दुई सय २६, बैतडीका दुई सय १४, अछामका एक सय ३९, बझाङका ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया