सुदूरपश्चिममा १४ दिनमा थपिए २ हजार ४५ जना कोरोना सङ्क्रमित

 असार १५, २०७७ सोमबार १२:६:६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई हप्तामा कोरोना सङ्क्रमितको सङख्या ह्वात्तै बढेको छ । असारको १४ दिनमा मात्रै दुई हजार ४५ जना सङ्क्रमित थपिएका छन् ।

जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङख्या दुई सय ६४ रहेकोमा असारको १४ दिनमा थप दुई हजार ४५ जनामा सङ्क्रमण पुष्टि भएका हो । योसँगै सङ्क्रमितको सङख्या बढेर दुई हजार तीन सय ९ पुगेको  छ । असारमा थपिएका सङ्क्रमित कुल संक्रमितमध्येको साढे ८८ प्रतिशत हो । 

संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै ९ गते एक सय १६ जना र १० गते दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी असार ११ गते ११८ जना, असार १२ मा २१९ जना असार १३ मा २२८ जना र असार १४ मा १९५ जनामा कोरोना देखिएको छ । 

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङख्या दुई हजार तीन सय ९ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ६ सय एक जनामा कोरोना पुष्टि भएको छ । डोटीमा चार सय १०, बाजुराका तीन सय १६, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका ६ जनाको ज्यान गइसकेको छ भने ६ सय २८ जना निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया