ट्र्याक्टर दुर्घटनामा बालकको ज्यान गयो

 असार १५, २०७७ सोमबार १७:३०:४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा ट्र्याक्टर दुर्घटनामा एक बालकको ज्यान गएको छ । ट्र्याक्टर दुर्घटनामा गुल्मी दरबार गाउँपालिका ६ का वर्ष १३ का विकास परियारकाे ज्यान गएकाे सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभएको छ । 

मालीका गाउँपालिका अन्तर्गत सिमलटारीबाट ईस्मा गाउँपालिकाको छल्दीतर्फ आउँदै गरेको लु ३ त ३२६७ नम्बरको ट्र्याक्टर आइतबार राति छल्दीपनाह खोलामा खसेर दुर्घटनाग्रस्त भएको होे । 

ट्र्याक्टर दुर्घटनामा रेसुङ्गा नगरपालिका १० का चालक विष्णु परियार घाइते हुनुभएको छ ।

दुर्घटनामा परेर ट्र्याक्टरमा रहेका बालक बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल गुल्मीको टोलीले बेपत्ता बालकको खोजी गर्ने क्रममा सोमबार दिउँसो खोलामा ट्र्याक्टरको चक्कामुनि च्यापिएको अवस्थामा फेला पारेको थियो । 

दुर्घटनामा ज्यान गुमाएका बालकको शवलाई पोस्टमार्टमकाे लागि गुल्मी अस्पताल तम्घास पुर्‍याइएको छ । दुर्घटनाक घाइते परियारलाई उपचारको लागि पाल्पा लगिएको सशस्त्र प्रहरी बल गुल्मीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया