पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज
बैशाख १३, २०८१ बिहिबार
स्याङ्जा – गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् ।
कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । हिजो गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित थपिएका थिए । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।