सुदूरपश्चिममा काेराेनाबाट थप एककाे मृत्यु

 असार १६, २०७७ मंगलबार १८:२७:१३ | सीताराम ओझा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप एक जनाकाे काेराेना सङ्क्रमणकाे कारण मृत्यु भएकाे छ । ती व्यक्तिमा मृत्युपछि कोरोना पुष्टि भएको हाे ।

अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयाे । 

ती पुरुषकाे असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।

असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारकाे लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

आकस्मिक कक्षमा उपचारकाे क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । योसँगै सुदूरपश्चिममा काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या सात पुगेकाे छ । साथै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ३० पुगेकाे छ । 

सुदूरपश्चिममा मङ्गलबार थप ९६ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाै, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९६ जनामा कोरोना पुष्टि भएको हो । 

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयाे । 

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा आज बाजुराका १६ महिला र ३२ पुरुषमा कोरोना पुष्टि भएको छ । पाटन अस्पतालमा भएको परीक्षणमा डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ भने वीर अस्पतालमा भएको परीक्षणमा डोटीका एक महिला र १४ पुरुष गरी १५ जना, बैतडीका एक पुरुष र अछामका एक महिलामा कोरोना पुष्टि भएको छ । 

यस्तै धनगढीमा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका ५ का ४४ वर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयाे । 

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय ३१ पुगेको छ । आज थपिएकासहित सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीका ६ सय आठ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बाजुराका चार सय ६५, डोटीका चार सय ४०, कञ्चनपुरका तीन सय सात, डडेल्धुराका दुई सय २९, बैतडीका दुई सय १८, अछामका एक सय ६८, बझाङका ७९ र दार्चुलाका १७ जनामा कोरोना पुष्टि भएको छ । काेराेना पुष्टि भएकामध्ये सात जनाकाे मृत्यु भएकाे छ भने तीन सय ८८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया