दैलेख : खानेपानीका इन्जिनियरसहित तीन कर्मचारी पक्राउ

 असार १६, २०७७ मंगलबार २०:२६:८ | अमर सुनार
unn.prixa.net

दैलेख – आर्थिक वर्षको अन्त्यमा योजनाको भुक्तानीमा कर्मचारीले कमिसन खान थालेपछि अख्तियार दुरुपयोग अनुुुुसन्धान आयोगले निगरानी बढाएको छ ।

यसैबीच खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका कार्यालय इन्चार्ज इञ्जिनियर तपेन्द्र सुन्दर मल्लसहित तीन जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुुुुसन्धान आयोगका कार्यालय प्रमुख देवकुमार शाहीले उनीहरु पक्राउ परेको तर विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । 

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखिएको बताइएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया