बारामा दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको ज्यान गयो, अरु तीन जना घाइते

 असार २०, २०७७ शनिबार ८:५४:२४ | जयनारायण यादव
unn.prixa.net

बाराको कलैया उपमहानगरपालिका २३ सिसहनियामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् ।

ना २० प १०२४ नम्बरको मोटरसाइकल र ना ३१ प ७८३९ नम्बरको मोटरसाइकल ठोक्किंदा ना १० प १०२४ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका २ का २५ वर्षका ऋतिक यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दुर्घटनामा कलैया उपमहानगरपालिका २ का रामराज यादव, फेंटा गाउँपालिकाका कन्हैया साह र विशाल साह घाइते भएका छन् । घाइतेहरुको वीरगञ्ज न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया