मास्क नलगाउनेलाई कारबाही

 असार २१, २०७७ आइतबार ९:४१:५६ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा प्रहरीले मास्क प्रयोग नगर्नेहरुलाई कारबाही गर्ने अभियान चलाएको छ ।

प्रहरीले शनिबार मास्क प्रयोग नगरिकन सार्वजनिक स्थानमा हिँडडुल गर्ने एक सय २८ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

कलैया बजारका विभिन्न चोकबाट मास्क प्रयोग नगर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । शुक्रबारसम्म मास्क प्रयोग गर्न आग्रह सहित माइकिङ गरिएको र शनिबारदेखि मास्कको प्रयोग नगर्नेलाई काबाही गर्न थालिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

नियन्त्रणमा लिएकाहरुलाई सङ्क्रामक रोग निवारण ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत जनही एक सय रुपैयाँ जरिवाना लिएर मास्क प्रयोग गर्ने शर्तमा छोडिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मास्क नलगाउने व्यापारी, बटुवा र सवारी चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

अन्तिम अपडेट: चैत १०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया