सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षीको अवरोधकाबीच बजेटमाथिको छलफल प्रस्ताव टेबुल

 असार २१, २०७७ आइतबार १२:५४:० | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव २० दिनपछि प्रदेश सभामा टेबुल भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले प्रदेश सभामा अवरोध सिर्जना गरे पनि सभामुखले बैठकको कारबाही अगाडि बढाउनुभएको हो । 

सभामुख अर्जुनबहादुर थापाले अर्थ मन्त्री झपटबहादुर बोहोरालाई आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि सभामा छलफल गरी पारित गरिपाउँ भन्ने प्रस्ताव टेबुल गर्न अनुमति दिनुभएको हो । प्रतिपक्षी दलले सरकारविरुद्ध नाराबाजी गरिरहेकै बेला अर्थ मन्त्री बोहोराले छलफल प्रस्ताव सभामा टेबुल गर्नुभएको हो । 

प्रस्ताव टेबुल भएपछि सभामुख थापाले प्रदेश सभाको अर्को बैठक असार २२ गते दिउँसो ३ बजेका लागि बोलाउनुभएको छ ।

प्रतिपक्षी दलले कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गर्दै आएको छ । त्यही अवरोधका कारण प्रदेश सरकारले अहिलेसम्म अगामी वर्षको लागि ल्याएको बजेटमाथिको छलफल सुरु गर्न सकेको छैन । 

अन्तिम अपडेट: चैत २, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया