खेत जाेत्ने ट्र्याक्टर दुर्घटना, दुई जनाको ज्यान गयो

 असार २५, २०७७ बिहिबार २०:४०:२४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा ट्र्याक्टर दुर्घटनामा बिहीबार दुई जनाको ज्यान गएको छ । माई नगरपालिका १ को पालटारमा खेत जोत्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । 

दुर्घटनामा माई नगरपालिका १ का नितेश गिरी र ट्र्याक्टर चालक माई नगरपालिका ८ का सुजन विश्वकर्माको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

११ वर्षका गिरी र २१ वर्षका विश्वकर्माकाे उपचारकाे क्रममा झापाको बी एण्ड सी अस्पतालमा निधन भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो ।  


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया