गैंडाकोटमा डाइभर्सन बगाउँदा  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 असार २७, २०७७ शनिबार ८:४०:१३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो । त्यही डाइभर्सन आज बिहान ४ बजेको समयमा बाढीले बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले बताउनुभयो ।

बाढीले डाइभर्सन बगाएपछि आवतजावत पूर्ण रुपमा रोकिएको छ । खाद्यान्न लगायतका अन्य सामाग्री ढुवानी गर्ने गाडी बिहानदेखि नै रोकिएका छन् । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडी समेत रोकिएका छन् । 

बगाएको डाइभर्सन बनाउने काम सुरु गरिएको प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो । उहाँका अनुसार यातायात सञ्चालनमा आउन अझै केही घण्टा लाग्नेछ ।

तस्बिर : गोविन्द घिमिरेको फेसबुकबाट

अन्तिम अपडेट: चैत १४, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया