सार्वजनिक बिदाबारे गृहमन्त्री लामिछानेको प्रष्टीकरण : तीन दशकक...
बैशाख ११, २०८१ मंगलबार
तनहुँ - तनहुँमा बाढी पहिरोका कारण ६ जनाको ज्यान गएको छ । ५ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् ।
व्यास नगरपालिकामा ३ जना, म्याग्दे गाउँपालिकामा १ जना र ऋषिङ गाउँपालिकामा १ जनाको ज्यान गएको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो ।
व्यास नगरपालिका-९, माँझफाँटमा केशर थापाको घरमा पहिरो जाँदा पुरिएर ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीया अञ्जना थापाको ज्यान गएको पौडेलले बताउनुभयो । पहिरोमा परी १९ वर्षीय राजेश थापा बेपत्ता हुनुभएको छ । घरधनी केशर थापा घाइते हुनुभएको छ ।
त्यसैगरी व्यास नगरपालिका-५ मा पहिरोमा परी ६० वर्षीया मैतीकुमारी थापाको ज्यान गएको छ । म्याग्दे गाउँपालिकामा गएको पहिरोमा १७ वर्षीया लक्ष्मी वि.क र ऋषिङ गाउँपालिका-८, भैँसीखिलीमा आनबहादुर थापाको घर पहिरोले पुर्दा भेषबहादुर थापाको ज्यान गएको छ ।
अरु ४ जना बेपत्ता भएका र १ जना घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा नानुमाया थापा, उनकी छोरी अमिसा थापा, मानदेव थापा र उहाँकी श्रीमती मनिसरा थापा रहेका छन् । घाइते ६० वर्षीया ज्योतीमाया थापाको पोखरामा उपचार भइरहेको छ । पहिरोमा बेपत्ता भएकाको स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।