उद्योग वाणिज्य महासंघको चुनावी चहलपहल : वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानलको उम्मेदवारी घोषणा

 असार ३१, २०७७ बुधबार ७:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपाल उद्योग वाणिज्य महासंघको साउन २५ र २६ गते हुने चुनावका लागि चहलपहल सुरु भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालसहितको प्यानलले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले आफू वरिष्ठ उपाध्यक्ष र अन्य चार जनाले प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उहाँको प्यानलमा जिल्ला र नगरतर्फका उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने घोषणा भएको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

महासंघको नयाँ अध्यक्ष शेखर गोल्छाको नेतृत्वलाई सहयोग गर्ने ढकालले बताउनुभयो । चुनाव जितेपछि महासंघको नयाँ नेतृत्व निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउन मोडल बनाउने उहाँले बताउनुभयो ।

यस्तै उद्यमशीलता विकासका तालिम, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने, जिल्लाका नापतौल, अनुगम, बैंकिङ र राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने उहाँको प्रतिबद्धता छ ।

उम्मेदवार घोषणा कार्यक्रममा जिल्ला र नगर उपाध्यक्षका उम्मेदवार तिवारीले मझौला व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने बताउनुभयो। एशोसिएन उपाध्यक्षका उम्मेदवार संघाईले स्वतन्त्र व्यावसायिक वातावरण निर्माणको यो नयाँ नेतृत्वले काम गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया