म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
मोरङ – रगतले लत्पतिएको अनुहार भएका दुई युवती विराटनगरको मुख्य सडक ट्राफिक चाेकमा हिँडिरहेका थिए ।
त्यस्तै काला धब्बाहरुले अनुहार छोपेका दुईजना पुरुषहरु पनि त्यही व्यस्त सडकमा हिँडिरहेका देखिन्थे । उनीहरुलाई हत्कडी लगाएर साथमा दुईजनाले समाएर लिएर हिँडेको देखिन्थ्याे । यो विराटनगर महानगरपालिकाको ट्राफिक चोकमा देखिएको दृश्य हेर्नकै लागि धेरै नागरिकको भीड पनि लागेको थियाे । बलात्कृतजस्ता देखिने युवती र बलात्कारी जस्ता देखिने युवा अघिपछि थुप्रै किशोर–किशोरी पनि रहेका थिए ।
त्यो घटना साच्चिकै बलात्कारी र बलात्कृत दुवैलाई शहर घुमाएको जस्तो देखिन्थ्याे। तर त्यो कार्यक्रम युवाहरुले बलात्कारविरुद्ध जनचेतना फैल्याउन आयोजना गरेका थिए । शनिबार विराटनगरकाे व्यस्त सडकमा पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बलात्कारका जघन्य अपराधका घटना बढ्दै गएको भन्दै युवाहरुले दबाबमुलक र्याली निकालेका थिए।
र्यालीमा कोही बलात्कारीको भूमिकामा देखिन्थे र कोही बलात्कृत भएको नाटकीय अभिनय गरिहेका थिए । शनिबार स्वतस्फुर्त रुपमा नागरिकमा चेतना फैल्याउनकै लागि युवाहरुले ‘अति भयो अत्याचार, धेरै भयो बलात्कार’ लेखिएका प्ले कार्डसहित व्यस्त सडकमा विरोध स्वरुप र्याली निकालेका हुन् ।
बलात्कारका घटना दिनदिनै भइरहँदा पनि अपराधिलाई कारबाही नगरेको भन्दै शनिबार सयौँको संख्यामा विराटनगरको सडकमा युवा पुस्ताले विरोध र्याली निकालेका हुन् ।
‘नारी कुनै खेलौना हैन, मन लाग्यो खेल्यो’, ‘नारीलाई रेप होइन, सेफ गर’, ‘संविधानमा यति कुरा टाँसिदेउ, बलात्कारीलाई फाँसी देउ’ जस्ता प्ले कार्ड र व्यानर बोकेर युवापुस्ता र्यालीमा सहभागी भएका थिए । ट्राफिक चोकबाट निस्किएको र्याली विराटनगरको मेन रोड हुँदै तीनपैनी पुगेर जिल्ला प्रशासन कार्यलय मोरङ अगाडि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै युवा अभियान्ता दिपेश धिमाल, निखिल नेपाल, सन्जु गौतम लगायतहरुले महिला हिंसा र बलात्कार गर्ने अपाराधीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।