गण्डकी प्रदेश : नवलपरासी पूर्वका १८ सहित थप २५ जनामा कोरोना सङ्क्रमण

 साउन २, २०७७ शुक्रबार १३:५७:६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका दुई वटा जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

सङ्क्रमण देखिनेमा तनहुँका सात जना र नवलपरासी पूर्वका १८ जना रहेका छन् । तनहुँको म्याग्दे र भानुमा दुई/दुई जना र व्यास नगरपालिकामा तीन जना सङ्क्रमित थपिएका हुन् । 

त्यस्तै नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकामा पाँच महिलासहित १८ जनामा सङ्क्रमण देखिएकाे गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार दुई सय ५६ मध्ये नाै सय २५ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा काेराेनाकाे कारण चार जनाकाे मृत्यु भइसकेको  छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया