पाल्पा : खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत भेटिए

 साउन ३, २०७७ शनिबार १५:२९:३२ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा रिडी खोला तर्ने क्रममा बेपत्ता भएका पुरुष मृत भेटिएका छन् ।

शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका ३ पट्टाचौरको रिडी खोला तर्ने क्रममा बेपत्ता भएका अर्घाखाँची सन्धिखर्क नगरपालिका ८  किमडाँडाका ४० वर्षीय देवबहादुर मुखिया शनिबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गुल्मी छत्रकोट गाउँपालिका ५ मनबाहाकको रिडी खेलामा मृत भेटिएका मुखियाको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया