धनगढी विमानस्थलकाे स्तरोन्नति अन्तिम चरणमा

 साउन ५, २०७७ सोमबार १९:६:२६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी विमानस्थलको स्तरोन्नति र धावन मार्ग मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । धावनमार्ग मर्मत सम्भार, पार्किङ क्षेत्र विस्तारसहित सुरु भएको विमानस्थल स्तराेन्नतिकाे काम अन्तिम चरणमा पुगेको हो ।

पहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तराेन्नतिसँगै दुवैतर्फ दुई/दुई मिटर फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । तीन वटा विमान पार्किङ गर्ने क्षमता रहेको विमानस्थल मर्मत सकिएपछि चार वटा विमान पार्किङ गर्न सकिने छ ।

एप्रोच लाइट र अन्य लाइट थप, सञ्चार उपकरण वृद्धिलगायतका सेवा थप र विस्तारको योजना पनि रहेको छ । गएकाे वर्षको सुरुदेखि नै विमानस्थल स्तराेन्नतिकाे काम थालिएको भए पनि विभिन्न कारणले ढिलाइ हुँदै आएको थियो ।

कोरोना भाइरसको महामारी रोकथामकाे लागि जारी लकडाउनकाे कारण पनि बीचमा काम रोकिएको थियो । तर अहिले फेरि स्तराेन्नतिकाे कामलाई गति दिइएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख तेजबहादुर बुढ्थापाले बताउनुभयाे । ‘स्तराेन्नतिकाे काम अन्तिम चरणमा पुगेको छ’, उहाँले भन्नुभयाे, ‘अहिले मार्किङको काम भइरहेको छ ।’

विमानस्थलमा काम गर्ने अधिकांश कामदार प्रदेशबाहिरका भएका कारण लकडाउन अवधिमा काम गर्न नसकिएको बताइएको छ । गएकाे आर्थिक वर्ष २०७६/७७ मा स्तराेन्नतिकाे काम गरिएको भए पनि चालु वर्षमा भने कुनै कार्यक्रम नरहेको विमानस्थलले जनाएको छ । कम भिजिविलीटी अर्थात् प्रतिकूल मौसममा पनि उडान भर्न सकिने गरी जापानी सहयोग नियोग जाइकाले विमानस्थलमा भीओआर–डीएमई उपकरण जडान गरिसकेको छ ।

जाइकाले गएकाे वर्षको फागुनमा उपकरण जडान गरेको थियो । प्रतिकूल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई समाधानकाे लागि उपकरण जडान गरिएको भए पनि परीक्षण हुन सकेको छैन । कोरोना प्रभावपछि जारी लकडाउनकै कारणले गर्दा परीक्षण गर्न नसकिएको प्रमुख बुढ्थापाले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया