इलाम : माई खोलाकाे बाढीमा फसेका दुई जनाको उद्धार

 साउन ६, २०७७ मंगलबार १७:१७:१८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले  गरेको छ । 

इलाम नगरपालिकाको पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको साेमबार राति उद्धार गरेको हो । 

माइजोगमाई गाउँपालिका ५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जाेजो लिम्बूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ  ।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका ५ जोड्ने झोलुङ्गे पुलभन्दा केहीमाथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फसेको खबर आएको प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार खबर पाएलगत्तै पुगेको सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियताले ती दुईको सकुशल उद्धार गरेको हो । 

बाढीले जमिन कटान गर्दा दुईतिरको बीच जमिनमा फसेकाले उनीहरुकाे उद्धार गरिएकाे हाे ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया