स्याङ्जामा पहिरोले घर भत्किएर पुरिँदा एक जनाको ज्यान गयो

 साउन ७, २०७७ बुधबार ९:४२:२४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

 स्याङ्जा - स्याङ्जाको गल्याङ नगरपालिका १० मा पहिरोले घर भत्किएर पुरिँदा मायाँ सारुको ज्यान गएको छ ।

 उहाँकी छोरी २० वर्षीया नारायणीको भने स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् ।

 बेलुका खाना खाएर सुतेका उनीहरुलाई स्थानीय बासिन्दाले बिहान मात्र पुरिएको अवस्थामा देखेका थिए । 

 छोरी सारुको ग्रहौं प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया