नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना अस्पतालको आइसोलेशन खाली भएकाे छ । कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेशन तीन दिनदेखि खाली भएको हो ।
साउन ६ गतेदेखि कोरोना सङ्क्रमित नआएपछि आइसोलेशन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयाे । अस्पतालको आइसोलेसनमा अहिलेसम्म सङ्क्रमित र शङ्कास्पद गरी एक सय ८३ जना भर्ना भएका थिए । अहिले पालिकाले निमार्ण गरेका आइसोलेशन र होम क्वरेण्टीनमा सङ्क्रमितहरुलाई राख्न थालिएको श्रेष्ठले जानकारी दिनुभयाे ।
अहिलेसम्म सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित ८० जनालाई उपचारपछि डिस्चार्ज गरेर घर पठाइएकाे श्रेष्ठले बताउनुभयाे ।
त्यस्तै धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा समेत सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । उपमहानगरपालिका ८ का अध्यक्ष तथा कोभिड १९ फोकल पर्सन नारायण बरालले उपमहानगरपालिकाको आइसोलेशनमा हाल १४ जना मात्रै सङ्क्रमित रहेको जानकारी दिनुभयाे ।
बिहीबारसम्म सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ७७ पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएकाे छ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।