कोरोनाको कारण स्याङ्जाका एक युवकको साउदीमा ज्यान गयो

 साउन १२, २०७७ सोमबार ९:१३:२५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - काेरोना सङ्क्रमणका कारण स्याङ्जाका एक युवकको साउदी अरबमा ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीले जानकारी दिनुभयो । 

श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुग्नुभएको थियो । एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय हुनुहुन्थ्यो । 

श्रीमतीसहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौ मै छोडेर साउदीतर्फ उड्नु भएको थियो । 

अन्तिम अपडेट: चैत १९, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • suraj prasad rajbhandari

    July 27, 2020, 9:26 p.m.

    so bad news..............

  •  0 Reply

तपाईको प्रतिक्रिया