म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
डोटी – गए रातिदेखि अवरुद्ध भएको अत्तरीया–स्याउले जोड्ने भिमदत्त राजमार्ग खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भिमदत्तराजमार्ग अन्तरगत पर्ने डोटीको गोल्डेन भन्ने ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो । अवरुद्ध भएको राजमार्ग छिमेकी जिल्ला डडेल्धुराबाट ल्याइएको डोजर, प्रहरी तथा स्थानीयबासीको सहयोगमा एक तर्फी रुपमा खोलिएको हो ।
पहिरो ठूलै भएका कारण जाममा परेका यात्रुबाहक सवारी साधनलाई गन्तब्यमा पु¥याउनका लागि एक तर्फी रुपमा भए पनि बाटो खोलिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले जानकारी दिनुभयो ।
अवरुद्ध भएको राजमार्ग एक तर्फी रुपमा खुलेपछि अहिले यातायातका साधनहरु आ–आफनो गन्तब्य तिर लागिरहेकोे प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण यहाँको सेती नदी तथा आसपासका खोला नालामा पानीको बहाब बढेकाले नदी किनाराका स्थानीयवासीलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।