स्याङ्जामा जीप दुर्घटना, एकको ज्यान गयो

 साउन १६, २०७७ शुक्रबार ८:०:५१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

वालिङ नगरपालिका-१३ बाँयटारीबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ-१२ को लामपाते नजिकै जैरामे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका सह-चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वालिङ-१२ की ३० वर्षीया तिलकुमारी गुरुङ र ६५ वर्षीया तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर सामान्य घाइते भएका ३३ वर्षीया ममता गुरुङ, २८ वर्षीया प्रमिला गुरुङ र ४५ वर्षीया मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया