बाजुराको प्रसिद्ध बडिमालिका मेला आज

 साउन १८, २०७७ आइतबार ९:२०:३१ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका मेला आज लाग्दैछ । 

हरेक वर्ष साउन शुक्लपक्षबाट सुरु हुने मेलामा याे वर्ष भने कोरोना सङ्क्रमण जोखिमका कारण गएका वर्षमा जस्तो चहलपहल छैन । 

जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । यसअघिका वर्षहरुमा बडिमालिकाकाे दर्शन गर्न सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट हजारौँ सहभागी हुने गरेका थिए । 

मालिकादेवी सुदूरपश्चिमको प्रमुख शक्तिपीठका रुपमा रहेको बडिमालिका मन्दिरका पुजारी नेत्रराज उपाध्यायले बताउनुभयो ।

बडिमालिकामाईको पूजाका लागि बाजुरा सदरमुकाम मार्तडीबाट सरकारी टोली एकादशीको दिन गएको मार्तडी नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिनुभयो ।

डोटी र जुम्लाबाट पनि सरकारी टोली बडिमालिका पुगेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया