संखुवासभामा जुवा खेल्दै गर्दा वडा सदस्यसहित चार जना पक्राउ

 साउन २०, २०७७ मंगलबार १२:३६:२८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिका-१ को एक होटलमा जुवा खेलिरहेको अवस्थामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा होटल सञ्चालक सुनिलकुमार श्रेष्ठ, चिचिला गाउँपालिका-३ का वडा सदस्य आशिष राई, मकालु गाउँपालिका-१ का लाक्पा शेर्पा र चैनपुर नगरपालिका-२ का मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो । 

उहाँका अनुसार, होटलभित्र जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी पुग्दा रङ्गेहात ४ जना मानिसहरुसहित ४४ हजार दुई सय पाँच रुपैयाँ नगद र १५६ पत्ती (तीन बुक) तास पक्राउ गरेको हो ।

उनीहरु चारै जनालाई जुवाजन्य मुद्दामा सात दिन म्याद थप भई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया