राजस्व अनुसन्धान अधिकृत २ लाख घुससहित पक्राउ

 साउन २०, २०७७ मंगलबार १८:५२:५७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुपन्देही – राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख, अनुसन्धान अधिकृत विजय राना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजश्व अनुसन्धान कार्यालयका प्रमुख रानालाई दुई लाख घुससहित बुटवल १३ बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो ।

गुट्का, सुर्ती व्यापारी अनिलकुमार झाबाट घुस लिँदै गर्दा प्रमुख राना र घुस दिने झालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख रानाले व्यापारीसँग मासिक रुपमा रकम असुल्दै आएको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेकाे जानकरी दिनुभयाे । घुस लिने राना र घुस दिने झामाथि थप अनुसन्धान हुने अख्तियारकाे बुटवल कार्यालयले बताएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया