टाटाका व्यावसायिक गाडी किनबेचका लागि अनलाइन सुविधा

 साउन २५, २०७७ आइतबार २०:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सको व्यावसायिक गाडी बिक्री वितरणका लागि सिप्रदी ट्रेडिङको आधिकारिक डिलर शशिला मोटर्सले अनलाइन सेवा सुरु गरेको छ । शशिला मोटर्सले घरबाटै टाटाका पुराना र नयाँ व्यावसायिक गाडी किनबेच गर्न मिल्ने सकिने सुविधा सुरु गरेको हो । 

कोरोनाका कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर टाटा गाडीको भर्चुअल शो–रुममा आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने कम्पनीले जनाएको छ । कम्पनीले www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो ।

वेबसाइटको शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद/बिक्री गर्न यो भर्चुअल शो–रूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुङ्गा साबित हुने बताउनुभयो  । यस्तै शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताउनुभयो  ।

यो सेवा अन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ व्यावसायिक गाडीहरु अनलाइनमार्फत बैकिङ गरी खरिद गर्न सकिनेछ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधाबाहेक पुराना गाडीसमेत खरिद/बिक्री गर्न पाउने छन् । यसैगरी आफूसँग भएका पुराना व्यावसायिक गाडी बिक्री गर्न चाहने बिक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेबसाइटमा अपलोड गर्न सक्ने छन् । शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने ग्राहक र बेच्न चाहने बिक्रेताबीच समन्वय गरिदिने जनाएको छ ।

यसअघि केही कम्पनीहरुले निजी कार र मोटरसाइकलहरु अनलाइनबाटै खरिद बिक्री गर्न सक्ने सुविधा दिएको थियो । सिप्रदीले पनि टाटाका कार मात्रै अनलाइनबाट किन्न सकिने गरी डिजिटल प्ल्याटफर्म तयार गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया