जोखिम बढे पनि सार्वजनिक गाडीमा भिड घटेन, नियम पालना नगर्ने १ हजारभन्दा धेरै गाडी 'होल्ड'

 साउन २५, २०७७ आइतबार १७:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणको जोखिम बढे पनि सार्वजनिक गाडीमा हुने भिडभाड कम हुन सकेको छैन । जोर–बिजोर प्रणाली लागू भएपछि गाडीको सङ्ख्या कम हुँदा सार्वजनिक गाडीमा भिडभाड झन् बढेको छ । 
भिडभाड हुने जुनसुकै ठाउँमा पनि कोरोनाको जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डाक्टर लोचन कार्की बताउनुहुन्छ । काठमाण्डौ उपत्यकामा गएको बिहीबारदेखि जोर–बिजोर लागू भएको हो । 
यसैबीच आइतबार जोर–बिजोर प्रणाली नमान्ने एक हजार ५९ वटा गाडीलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ । आइतबार बिजोर गते बिजोर नम्बरका मात्रै गाडी चल्ने भनिए पनि अटेर गरेर जोर नम्बरका गाडी पनि चलाएकाले उनीहरुलाई होल्ड गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 
नियम अटेर गर्ने गाडीलाई दिनभर होल्ड गरी बेलुका छोड्ने गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Niroj ghimire

    Aug. 10, 2020, 10:58 a.m.

    दुबइको जस्तो ३००० डलर हरिवाना लगाउनुपर्यो सरकार प्रति व्यक्ति ....

  •  0 Reply

तपाईको प्रतिक्रिया