हेटौँडामा आजदेखि निषेधाज्ञा, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

 साउन २७, २०७७ मंगलबार १२:२५:३८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी  साउन महिनाभरि नै  निषेधाज्ञा जारी गरेको हो  ।

हेटौँडामा कोरोना संक्रमितको संख्या  बढ्न थालेपछि कमाण्ड पोष्टको बैठकको सिफारिसका आधारमा सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो । हेटौँडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडा, त्यसको ५ सय मिटर आसपासको क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

निषेधाज्ञामा के-के गर्न पाइन्छ ?

- निषेधाज्ञाको अवधिभर खाद्यवस्तु खरिद गर्न बाहिर निस्कन पाइनेछ । 

- एम्बुलेन्स, बिरामी बोकेको गाडी, खाद्य वस्तु जस्तैः दूध, तरकारी, खानेपानीका गाडी संचालन गर्न सकिने । 

- पेट्रोलियम पदार्थ बक्ने ट्याङ्कर, शववाहन, फोहोर व्यवस्थापनको गाडी, दानाको गाडी, संचारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गाडीहरु गुड्न पाउनेछन् । 

- खाद्यान्न पसल, पेट्रोलपम्प, ग्याँस डिपो, औषधि पसल खुल्ला रहनेछन् । खाद्यान्नको पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न सकिने । 

-  जिल्ला प्रशासन कार्यालयबाट पास लिएका गाडी मात्रै चलाउन पाइने ।
   
कुन-कुन क्षेत्र बन्द रहन्छन् ? 

- सम्पूर्ण निजी तथा सार्वजनिक यातायात बन्द रहने छन् । माथि उल्लेखित बाहेकका पसल, उद्योगका साथै व्यवसाय संचालन पूर्णरुपमा बन्द रहने छ । 

- सबै सरकारी तथा निजी  कार्यालयहरु, गैर सरकारी, बैंक तथा वित्तीय संस्थाहरु एवं सहकारीबाट प्रदान हुने सबै सेवा पूर्णरुपमा बन्द रहने छन् ।

- धार्मिक, सांस्कृतिक सामाजिक भेटघाट जस्तै विवाह व्रतबन्ध गर्न पाइने छैन् । अन्य क्षेत्रबाट निषेधाज्ञा जारी रहेको क्षेत्रका पस्न तथा आवतजावतमा रोक लगाइएको छ । 

- त्यस्तै उद्योग कारखाना संचालन गर्न परे सुरक्षाको मापदण्ड पूरा गरी उद्योग परिसर भित्रै क्वरेण्टीन बनाएर संचालन गर्न सकिने बताइएको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले नेपालको मौजुदा कानुनको संक्रामक रोग ऐन, २०२० विशेष व्यवस्था गर्ने अधिकारको १ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया