पाल्पामा जीप दुर्घटनामा २ जनाको ज्यान गयो, ६ जना घाइते

 साउन २८, २०७७ बुधबार ६:४५:३९ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको  छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो । 

दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै ज्यान गएको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ । 

गाडीमा चालकसहित १० जना रहेको स्थानीयले जनाएका छन् ।  दुर्घटनामा निस्दी ५  गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु  र ३७ वर्षीया तिलकुमारी सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीया सिर्जना गाहा, निस्दी ४ मित्याल , काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको जनाइएको छ । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया