सडकमा मृत भेटिएका पुरुषमा काेराेना पुष्टि

 साउन २८, २०७७ बुधबार १९:३४:३० | केसी लामिछाने
unn.prixa.net

बारा – विश्रामपुर गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा रहेको सामुदायिक प्रहरी कार्यालय नजिकै सडकमा ती पुरुष मङ्गलबार मृत भेटिएका थिए । त्यसपछि काेराेना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको पर्साका प्रहरी प्रवक्ता मनजीत कुवँरले बताउनुभयो ।

स्वाब परीक्षणपछि ती पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।  

ती पुरुषकाे शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया