सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो : १३ घर पुरियो, पाँच घरका सदस्य सम्पर्कविहीन

 साउन ३०, २०७७ शुक्रबार ९:६:३५ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिपीमा पहिरोले १३ वटा घर पुरेको छ ।

 जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा बिहान झरेको पहिरोले १३ घर पुरिएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताउनुभएको छ । 

१३ घरमध्ये ५ घरका परिवार सम्पर्कविहीन भएका छन् । अरु १५ जना सामान्य घाइते भएको नेपालले जानकारी दिनुभयो । पहिरोले घर पुरेपछि प्रभावितहरु नजिकैको सुरक्षित ठाउँमा बसेका छन् । 

पहिरोका कारण ३० घरहरु जोखिममा रहेका छन् । अहिले उद्धारको काम सुरु भएको छ । हेलिकप्टर तथा प्रहरीको टोली बोलाएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

अन्तिम अपडेट: चैत २, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया