प्रदेश २ मा दुई वर्षका बालकसहित थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन ३०, २०७७ शुक्रबार ११:४४:३३ | केसी लामिछाने
unn.prixa.net

पर्सा - प्रदेश २ मा दुई वर्षका बालकसहित थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पर्साका २६, बाराका २१ र महोत्तरीका २ जना गरी ४९ जनामा सङ्क्रमण पुष्टि भएको वीरगञ्जको नारायणी अस्पतालले जानकारी दिएको छ । 

आज कोरोना पुष्टि भएकाहरुमा भारतीय महावाणिज्य दूतावासका कर्मचारी, नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नेपाली सेनाका सिपाही, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, बैंकमा कार्यरत कर्मचारी पनि रहेका छन् । 

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया, वडा नम्बर ४ बिर्ता र लोहारपट्टी रोड, वडा नम्बर १० घडिअर्वा, वडा नम्बर ११ श्रीपुर, वडा नम्बर १३ मुर्ली, वडा नम्बर १५ भिस्वालगायत वडाका स्थानीयमा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै बारा बाराको जितपुरसिमरा महानगरपालिकाको वडा नम्बर १४ देखि वडा नम्बर १५ सम्मका २० जना र विश्रामपुरका एक जना गरी २१ जनामा र महोत्तरीको जलेश्वरका १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया