सिन्धुपाल्चोकको लिदीमा मुख्यमन्त्री पाैडेलको टोलीे, बस्तीबारे निर्णय हुने

 साउन ३१, २०७७ शनिबार १०:५९:५६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा-२ लिदीको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुग्नुभएको छ ।

 मुख्यमन्त्री पौडेल पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्रीसहित पुग्नुभएको हो । 

सामाजिक विकास मन्त्री युवराज दुलालकाअनुसार टोलीले राहत र उद्धारमा तत्काल गर्नुपर्ने कामका साथै बस्तीको संरक्षण र सुरक्षित आवास पुनर्निर्माणबारे आवश्यक निर्णय गर्नेछ ।

पालिकाको समन्वय र प्रभावित बासिन्दाले चाहेमा प्रदेश सरकारले उपयुक्त ठाउँ उपलब्ध भएको ठाउँमा एकीकृत बस्ती बनाउने घोषणा हुनेछ ।

यसअघि प्रदेश सरकारले बाढी पहिरो पीडितलाई सुरक्षित ठाउँमा घर बनाएर हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ ।

टोलीमा मुख्यमन्त्री पौडेलसहित सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त लामासहितको टोली रहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया