सिन्धुपाल्चोकको लिदी पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ पाउने

 साउन ३१, २०७७ शनिबार १४:१४:३६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ पाउने भएका छन् ।

जुगल विपत व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो । काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ । यस्तै घरवार विहीन नागरिकको सुरक्षित र स्थायी आवास निर्माणको लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय पनि विपत व्यवस्थापन समितिले गरेको छ ।

ठूलो पानी परेसँगै जुगल गाउँपालिकाका अरु बस्ती पनि जोखिममा रहेका छन् ।

अहिले पनि पहिरोमा परेर हराइरहेकाहरुको नेपाली सेना, ससस्त्र प्रहरी, जनथप र स्थानीय युवाहरुको सहयोगमा खोजी भैरहेको छ । पहिरोमा परेकाहरुमध्ये अहिलेसम्म १३ जनाको शव निकालिएको छ । अझै २६ जना हराइरहेका छन् । हिजो बिहान खसेको पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पुरै भत्किँदा हराएकामध्ये ११ जनाको शव हिजो र २ जनाको आज भेटिएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया