इलाममा क्वरेण्टीनमा बसेका एक जनाको ज्यान गयो

 भदौ १, २०७७ सोमबार १०:४३:३९ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलाममा क्वरेण्टीनमा बसेका एक जनाको ज्यान गएको छ ।

सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वरेण्टीनमा बसेका २२ वर्षका युवाको गएराति ११ बजे ज्यान गएको हो ।

ती युवक भारतको हैदराबादबाट आएर साउन २६ देखि क्वरेण्टीनमा बसेका थिए । युवकमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन बिमल बरालले जानकारी दिनुभयो । 

ती युवकको साउन २९ गते स्वाब संकलन गरी विराटनगर पठाइएको तर रिपोर्ट भने आउन बाँकी नै रहेको पनि बरालले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत २६, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया