क्वरेण्टीनमा ज्यान गुमाएका युवकमा काेराेना सङ्क्रमण देखिएन

 भदौ १, २०७७ सोमबार १५:४९:५७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको क्वरेण्टीनमा रहँदा ज्यान गुमाएका युवककाे काेराेना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वरेण्टीनमा ज्यान गुमाएका युवकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ती युवककाे आइतबार राति ११ बजे ज्यान गएकाे थियो । 

ती युवकमा आइतबार बिहानदेखि स्वास्थ्य समस्या देखिएपछि उपचार गरिँदै आएको फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले नगरवासीलाई  त्रसित नहुन नगरपालिकाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया