माछा मार्ने विषयमा विवाद हुँदा १३ राउण्ड हवाई फायर, चार प्रहरीसहित १५ जना घाइते

 भदौ १, २०७७ सोमबार १७:२७:३१ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा साेमबार कुलोमा माछा मार्ने विषयमा दुई गाउँलेबीच झडप हुँदा चार जना प्रहरीसहित १५ जना घाइते भएका छन् । 

झडपकाे स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका ११ को भगवानपुर र आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वाका बीच कुलोमा कुन समूहले माछा मार्ने विषयमा झडप भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयाे । 

माछा कसले मार्ने विषयमा विवाद उत्पन्न भइ झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयाे । 

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया