जाजरकोटमा चट्याङ लागेर तीन वर्षीय बालकको ज्यान गयो

 भदौ ३, २०७७ बुधबार १०:२०:४१ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकाेट – जाजरकोटमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ ।

छेडागाड नगरपालिका – १३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिनुभयो ।

चट्याङले नेपालीको घरमा पनि क्षति पुर्‍याएकाे छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया