राष्ट्रकवि घिमिरेको जन्मथलोमा सार्वजनिक बिदा

 भदौ ३, २०७७ बुधबार १४:५९:२३ | श्यामशितल परियार
unn.prixa.net

फाइल फाेटाे

लमजुङ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलो लमजुङको मर्स्याङ्दी (यसअघिकाे बाहुनडाँडा गाविसकाे भीरपुस्तुन) गाउँपालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ ।

उहाँको सम्मानमा बुधबार एक दिनका लागि गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । घिमिरेको जन्मथलो मर्स्याङ्दी गाउँपालिकामा ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति पार्क’ पनि निर्माण भइरहेको छ ।’

घिमिरेकाे विसं १९७६ असोज ७ गते लमजुङको तत्कालीन बाहुनडाँडा गाविसको भीरपुस्तुनमा जन्म भएको थियो ।

राष्ट्रकवि घिमिरेकाे मङ्गलबार साँझ आफ्नै निवासमा निधन भएकाे हाे । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ ।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।

उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् । 

 याे पनि पढ्नुहाेस्

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया