गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

 भदौ ४, २०७७ बिहिबार ११:४३:५२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन जना महिला र तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या एक हजार आठ सय १८ पुगेको छ । आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका तीन जना, तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका १ की महिलामा सङ्क्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशमा काेराेनाबाट ७ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया