दैलेखमा तीज लक्षित निषेधाज्ञा

 भदौ ४, २०७७ बिहिबार १९:५२:५ | अमर सुनार
unn.prixa.net

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । समुदायमा कोरोना सङ्क्रमण रोकथामका लागि पटक–पटक जारी गरिएका सूचना बेवास्ता भइरहेको विश्लेषण गरी जिप्रकाले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।  

निषेधाज्ञा भदौ ४ गते दिउँसाे २ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमण रोकथामका लागि प्रशासनले जारी गरेको सूचनाको बेवास्ता बढेको कारण तीजमा भिडभाड, धार्मिक कार्यक्रम रोकथाम गर्न निषेधाज्ञा लागू गरेको सहायक प्रजिअ इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया