वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण एक महिलाको ज्यान गयो

 भदौ ७, २०७७ आइतबार १०:५७:२८ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्साको वीरगञ्ज महानगरपालिका-११ मा कोरोना सङ्क्रमणका कारण एक महिलाको ज्यान गएको छ । 

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा हिजो बेलुका ५६ वर्षकी महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 गएकाे साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते महिलाका कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको थियो ।

ज्यान गुमाउने महिलालाई थाइराइडको समस्या थियो । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

साउन २४ गतेदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । योसँगै नारायणी अस्थायी कोभिड अस्पताल  वीरगञ्जमा कोरोना सङ्क्रममणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया