वीरगञ्जका तीन सय २० जनामा परीक्षण गर्दा एक सय ४२ जनामा कोरोना देखियो

 भदौ ७, २०७७ आइतबार १२:३०:४८ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा एकैदिन थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गएराति ३ सय २० जनाको स्वाब परीक्षण गर्दा पर्साका  मात्रै १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो । 

वीरगञ्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना सञ्चारकर्मी, नेशनल मेडिकल कलेजका ३ जना , भवानी अस्पताल र तराई हस्पिटलका १/१ गरी ५ जना डाक्टर र जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा संक्रमण भेटिएको हो । 

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ पिपराका १६ जना, वीरगञ्ज छपकैयाका १० जना, पर्साकै विन्दवासीनी गाउँपालिकाका ९ जना र पर्सागढी नगरपालिकाका ४ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ । 

वीरगञ्ज सिर्सियामा रहेको सुख्खा बन्दरगाहका २ जनामा पनि संक्रमण भेटिएको छ । गएराति थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया