कोरोना अस्पताल बुटवलमा दुई जना सङ्क्रमितको ज्यान गयो

 भदौ ७, २०७७ आइतबार १६:३६:४६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुपन्देही – बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देहीका दुई जनाको ज्यान गएको छ । कोरोना अस्पतालमा कोरोना सङ्क्रमित एक जना महिला र एक जना पुरुषको ज्यान गएको हो । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल उपमहानगरपालिका १ कि ६७ वर्षीया महिला र सम्मरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुषको ज्यान गएको हो । 

मिर्गाैला रोग, उच्च रक्तचाप, श्वासप्रश्वासको समस्या रहेकी महिलामा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

त्यस्तै सम्मरीमाईका पुरुषमा श्वासप्रश्वासको समस्या थियो । उहाँलाई भदौ १ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया