दैलेखमा निषेधाज्ञा तीन दिन लम्बियो

 भदौ ७, २०७७ आइतबार २१:२८:१३ | अमर सुनार
unn.prixa.net

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले ४ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १० गते रातिसम्मका लागि लम्ब्याएको छ । तीजमा भिडभाड रोक्न चार दिन गरिएको निषेधाज्ञा थप तीन दिन बढाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

थप गरिएको निषधाज्ञा अवधिमा औषधि पसललगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषि उपज ओसारपसार लगायतका अत्यावश्यकीय सेवाहरु बिहान ६ बजेदेखि ८ बजेसम्म र अपराह्न ४ बजेदेखि ६ बजेसम्म खुला गरिने जानकारी दिइएको छ । 

स्वास्थ्य सचेतना र सुरक्षा सावधानीमा बेवास्ता भएको कारण समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लाभर निषेधाज्ञा जारी गरिएको र कडाइका साथ कार्यान्वयन गर्ने रणनीति लिइएको सहायक प्रजिअ इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । 

कर्णाली प्रदेशमा तीन महिनाको अवधिमा दुई हजार दुई सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा प्रदेशमै सबैभन्दा धेरै दैलेखमा एक हजार ३७ जनालाई कोरोना सङ्क्रमण भएको छ ।

तीमध्ये नौ सय ७५ जना निको भइ घर फर्किएका र ६२ जना आइसोलेशन, अस्पताल र घरकै आइसोलेशनमा बसेका स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया