आउँदो चुनावमा धाँधली हुन सक्छ - ट्रम्प

 भदौ ९, २०७७ मंगलबार १२:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदाे नोभेम्बरमा हुने चुनावमा धाँधली हुने दाबी गर्नुभएको छ । 

रिपब्लिकन दलको राष्ट्रिय भेलामा उहाँले विपक्षी डेमोक्र्याटहरु चुनाव धाँधली गर्न लागिपरेको  दाबी गर्नुभएको बीबीसीले जनाएको छ । 

रिपब्लिकन दलले दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार बन्न स्वीकृति दिए लगत्तै ट्रम्पले यस्तो आरोप लगाउनुभएको हो । उहाँले इमेलबाट गरिने मतदानलाई डेमोक्र्याटहरुले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप लगाउनुभयो । 

तर त्यसको कुनै प्रमाण नदेखाएको तथा उल्लेख नगरेको बीबीसीले जनाएको छ । यस अघि धेरै राष्ट्रपतिको दोश्रो जित सहज देखिए पनि ट्रम्पलाई निकै मुस्किल देखिएको खबरमा उल्लेख छ । अमेरिकामा भइरहेका मत सर्वेक्षणमा ट्रम्प बाइडनभन्दा पछि देखिनुभएको छ । 

डोमोक्र्याटका जो बाइडन यसपटक मत सर्वेक्षणमा अघि देखिनुको साथै पछिल्लो समयमा ट्रम्पका विभिन्न कदमले जनमत घट्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया