एफएम स्टेशनभित्रै आइसोलेशन वार्ड, सङ्क्रमित सञ्चारकर्मी रेडियो चलाउँदै

 भदौ ९, २०७७ मंगलबार १६:५१:५६ | केसी लामिछाने
unn.prixa.net

पर्सा – वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएमलाई सङ्क्रमित सञ्चारकर्मीले सञ्चालन गरिरहेका छन् । रेडियोलाई आइसोलेशन सेन्टरको रुपमा रुपान्तरण गरेर रेडियो सञ्चालन गरिएको हो ।

सामुदायिक रेडियो नारायणी एफएम १०३ दशमलव ८ मेगाहर्जका सञ्चारकर्मी, कर्मचारीहरुमा कोरोना सङ्क्रमण देखिएपछि एफएम स्टेशनलाई नै आइसाेलेशन बनाएर प्रसारणलाई निरन्तरता दिइएको हो ।

कार्यक्षेत्रमा खटेकाे अवस्थामा रेडियाेका स्टेशन प्रमुखसहित सात जना रेडियोकर्मी सङ्क्रमित भएका थिए । सङ्क्रमित सबै पुरुष रहेका छन् । सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मी एफएम कार्यालयमा बनाइएको आइसोलेशनमा बसेका छन् ।

कोभिड अस्पतालले सङ्क्रमित सञ्चारकर्मीलाई लैजाने तयारी गरेको थियो । 'रेडियो बन्द हुने अवस्था थियो तर साथीहरुले लक्षण नदेखिएकोले अस्पताल नजाने, कार्यलयमै बस्ने र रेडियो सञ्चालनको निर्णय लिनुभयो । केही दिनअघि रिपोर्ट नेगेटिभ आएका साथीहरु पनि क्वरेण्टीनमा बस्नुपर्ने अवस्था आयो । यस्तो रेडियो सञ्चालन सम्भव थिएन', एफएमका कार्यकारी अध्यक्षले भन्नुभयो । 

सङ्क्रमित भएका साथीहरुको निर्णयले अहिले रेडियो प्रसारण नियमित रहेको उहाँले बताउनुभयो । एफएमकाे आइसोलेशनमा खाना, नास्ता र औषधिकाे व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

दुई जना प्राविधिक, एक जना लेखा तथा प्रशासन प्रमुख, कार्यालय सहयोगी र यादवसहितको टोली अहिले एफएम आइसोलेशनमा बसेर रेडियो सञ्चालन गरिरहेका छन् । सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु कसैमा पनि लक्षण देखिएको छैन । एफएममा आउजाउ बन्द गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया