जुम्लाका ८ वटै पालिका साक्षर घोषणा
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – मिसकल आयो, लामो घण्टी बजेन । हुन त मिसकल जस्तो पनि थिएन । त्यही पनि मैले हतार हतारमा हेरें । घरको नम्बर रहेछ । मोबाइलमा पैसा थियो । यतैबाट फोन गरें । उताबाट बुवा बोल्नुभयो ।
के छ खबर ? कस्तो छ ? यस्तै कुराकानी भयो । दिनभर गरेका काम बुवाले एक, एक गरेर सुनाउनुभयो । मैले पनि सुनाएँ ।
कुराको अन्त्यतिर एक मनले भन्दै थियो, बुवासँग अलिअलि भए पनि पैसाको कुरा गरौँ । तर अर्को मनले भन्या, पैसा त तेरो बुवासँग पनि छैन, कसरी कुरा गर्छस ?
मैले बुवासँग पैसोको कुरा गर्ने आँटै गरिनँ । किनभने आफूजस्तै साथीहरुले पढाइसँगै अलिअलि भएपनि पैसा कमाउन थालेका छन् । म अझै पढाइ गर्दैछु ।
यसैले पनि पैसाको लागि बुवासँग कुरा गर्न सकिनँ । म पढाइका लागि काठमाण्डौ छिरेको ३ वर्ष भयो । मेरो घर कर्णाली प्रदेशको दैलेखमा हो ।
मैले एसएलसीसम्म गाउँमै पढें । त्यसपछिको उच्च शिक्षा सुर्खेतमा पढेँ । अहिले प्राणिशास्त्र केन्द्रीय विभागमा एमएससीको अन्तिम सेमेस्टरको परीक्षा दिएर थेसिस लेखिरहेको छु ।
म कीर्तिपुरमा बस्छु । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले यतिखेर विश्व नै त्रासमा छ । नेपालको अहिलेको स्थिति हेर्दा डर लाग्छ ।
लकडाउनका ती दिन
कुरा वैशाख अन्तिमतिरको हो । काठमाण्डौमा लकडाउन थियो । चैत ११ देखि नेपालमा लकडाउन भए पनि यति लामो हुन्छ भन्ने थाहा थिएन ।
एक, दुई हप्तासम्म मात्र लकडाउन होला फेरि फर्कनै पर्छ भन्ने मनसायले घर पनि गइनँ । यसबीचमा मैले धेरै दुःख पाएँ ।
लकडाउनमा यातायात, विद्यालय, बजार मात्र हैन, बैंक पनि बन्द थिए । घरबाट पैसा माग्ने अवस्था थिएन । मसँग भएको पैसा पनि सकियो । अब के गर्ने ?
चिनेका आफन्त, साथीभाइ सबैलाई फोन गरें । कसैले वास्ता गरेनन् । कहिलेकाहीँ सहयोगको आश्वासन दिने एक, दुई जना साथीहरु थिए ।
जसले चाहेमा सहयोग पनि गर्न सक्थे । केही आशासहित उनीहरुलाई फोन गरें । तर फोन नै उठाएनन् । दुःखमा साथीभाइ पनि आफ्ना हुँदा रहेनछन् ।
तीन सयले १० दिन काटें
लकडाउन लम्बिंदै गयो । भएको पैसा सकियो । खाने कुरा सकियो । अब के गर्ने, कसो गर्ने भनेर म आत्तिएँ । खल्तीमा एक सुको थिएन ।
कसलाई भन्ने ? यसै बीचमा मेरो मनमा नयाँ विचार आयो ।
मसँग तीन वटा पानीका जार थिए । एउटा जार बेचे तीन सय रुपैयाँ आउँछ । मलाई दुई वटा जार भए पनि पुग्छ ।
मैले त्यसै गरेँ । तीन वटा जारमध्ये एउटा बेचें । जसबाट तीन सय रुपैयाँ आयो । यही पैसाले १० दिन खर्च चलाएँ । लकडाउन अझै थपिंदै गयो ।
सरकारले कोठाभाडामा बस्ने विद्यार्थी र मजदुरलाई राहात बाँडिरहेको समाचार सुनेको थिएँ । तर, मैले त्यही राहात पनि पाइनँ ।
जसरी भए पनि बाँच्नु थियो । त्यसका लागि पैसा चाहियो । विकल्प छैन, के गर्ने ?
केही दिनअघि एक जना दाइले मलाई (खाट) खटिया चाहिएको थियो भन्दै कुरा गर्नुभएको थियो । मसँग दुई वटा खाट थिए । त्योमध्ये एउटा बेच्ने योजना बनाएँ ।
दाईलाई फोन गरेँ, ‘दाई तपाईंलाई खटिया चाहियो भन्नुभएको हैन । मसँग भएको एउटा खाट छ एको हो । म बेच्छु ।’
दाइले भन्नुभयो, कतिमा ?
मैले भनें, आउनुहोस् न कुरा गरौंला यतै ।
केही समयपछि दाई आउनुभयो । त्यो खाट १ हजार ५ सय रुपैयाँमा बेचेँ । ल केही खर्च टर्छ भन्नेमा ढुक्क थिएँ । फेरि ग्याँस सकियो ।
ग्याँस नै नभए के खाने ? १ हजार ३ सय ६५ मा रुपैयाँमा ग्याँस भरें । बाँकी रहयो १ सय २५ रुपैयाँ । फेरि तनाव भयो अब के खाने ? आपत नै प¥यो ।
फेरि एक, दुई जनालाई कल गरें । कसैले रिसिभ गरेनन् ।
घरबेटीको कचकच
लकडाउनमा बाँच्नलाई आपत परिरहेको बेला घरबेटीले दिनहुँ पैसा मागेर सताउन थाले । सरकारले लकडाउनमा घरबेटीलाई भाडा नलिन भनेको थियो ।
समाचार पनि हेर्थें, धेरैजसो घरबेटीले भाडा नलिएको, खानेकुरा किनेर दिएको भन्ने सुनिन्थ्यो । लाग्थ्यो मेरो घरबेटीको पनि यस्तै दिल भएको भए !
तर सबै यस्तै दिलदार कहाँ हुन्थे र ? भोलिपल्टै घरबेटी भाडा माग्न आए । मेरो एक महिनाको कोठा भाडा, फोहोर, बिजुली गरेर एक महिनाको ४ हजार ६ सय ९० रुपैयाँ भएको थियो ।
मैले घरबेटीलाई भनें, ‘अंकल अहिले मलार्ई नि गाह्रो छ । घरबाट पनि पैसा आएको छैन । यस्तो बेलामा अलि पछि दिन्छु नि ।’ घरबेटीले के मान्थे र ? जसरी हुन्छ पैसा चाहिन्छ भन्दै गए ।
पढाइको चिन्ता
यस्तो समस्या त मैले भोगिरहेको थिएँ । फेरि अनलाइन कक्षा हुने कुरा भयो । न मसँग वाइफाई नै छ, न डाटा किनेर इन्टरनेट चलाउने हैसियत नै ।
समस्यामाथि समस्या थपियो । जसरी पनि मैले अनलाइन कक्षामा जोडिनु नै थियो । मैले भएको पैसा रिचार्ज गरेर प्याक लिएर कक्षामा जोडिएँ ।
यसरी मेरो कहिले पेटभरी खाएर कहिले भोकै बसेर लडकउनका दिन बिताएँ ।
फेरि डर लाग्छ
यस्तो समस्या सायद कोठाभाडामा बसेर पढ्ने सबैलाई भयो होला । कतिपय मेरै साथीहरु पनि यस्तै समस्यामा थिए ।
जसोतसो करिब चार महिनाको लकडाउन त कट्यो । अहिले कोरोना सङ्क्रमणको अवस्था अझै डरलाग्दो छ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा निषेधाज्ञा लगाइएको छ । लकडाउनका ती दिन सम्झेर कतै निषेधाज्ञा पनि बढ्दै गएर अझै त्यस्तै पीडादायी दिनहरु आउने त हैनन् ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।